काठमाडौँ, साउन १८
नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ रेकर्ड कायम गरेको हो । यो सँगै बजारमा सुनको मूल्य तोलामै करिब डेढ लाख पुग्न गएको छ ।
आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।



