तनहुँमा चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित

images
  • 131
    SHARES
  • श्रावण १९, २०८१ शनिबार
    तनहुँमा चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय त्रसित
    images

    काठमाण्डौ 

    झण्डै डेढवर्षसम्म गाउँमा चितुवाले मान्छेलाई आक्रमण नगरेपछि केही राहात महशुस गरेका तनहुँको बन्दिपुरवासी पुनः त्रसित भएका छन् । यही साउन ३ गते बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको ज्यान गएपछि गाउँमा पुनः त्रास फैलिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

    डेढ वर्षदेखि गाउँमा चितुवा नदेखिएकोमा फेरि अहिले  देखिएको उहाँले बताउनु भयाे। गाउँपालिकाले बेलुका र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराएको छ ।

    यही साउन ३ गते १३ वर्षीय सुन्दर अछामीको ज्यान गएसँगै तनहुँमा चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षमा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । डिभिजन वन कार्यालय तनहुँकाअनुसार चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते पछि १४ जनाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका  बालबालिकाको ज्यान गएको हो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend