चितवन, साउन १९
हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ। त्यसो त शारीरिक सुन्दरता बिग्रन्छ भन्ने भ्रमका कारण पनि स्तनपान नगराउने आमाहरु भेटिन्छन्। यसरी नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम हुने चिकित्सकहरुले औल्याएका छन्।
फ्रिजमा राख्दा यस्तो दूध २४ घण्टासम्म खुवाउन सकिने उनको भनाई छ। एचआईभीरएड्स संक्रमित आमाहरुले पनि स्तनपान गराउन सक्ने भन्दै उनले शिशुमा स्तनपानबाट एचआईभी संक्रमण नहुने स्पष्ट पारिन्।
शिशुलाई सहज हुने गरी स्तनपान गराउन उनले सुझाइन्। पछिल्लो समय आमाहरुले अज्ञानताका कारण दूध चुसाउने तरिका नजान्दा आमाको दूध कम हुँदै जाने र शिशुलाई पनि दूधको मात्रा नपुग्ने गरेको उनले बताइन्। उनले भनिने,‘शिशुको चिउडोले दूध छुवाएर खुवाउनु पर्दछ, स्तनको कालो भाग पूरै शिशुको मुखभित्र पर्ने गरी चुसाउनु पर्दछ। जसले दूध पनि राम्रोसँग आउँछ।’
शिशुलाई स्तनपान गराउँदा आमाले मोबाईल चलाउन नहुने डा.गुप्ताले बताइन्। ‘आमाले मोबाईल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन लगायत केही कुरा पनि जानकारी हुँदैन।’ उनले भनिन्, ‘बच्चाको माया ममता पनि कम हुन्छ।’ स्तनपान गराउने समयमा शिशुलाई सुम्सुमाउनु पर्ने बताइन्।



