प्रदीप पाैडेल,पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दल :

images
  • 73
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    प्रदीप पाैडेल,पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दल :
    images

    काठमाण्डाै –

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दलका रूपमा स्थापित भएकाे बताउनुभएकाे छ । 

    picture_duDNC7mFRc.jpg

    कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डाैमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उहाँले बताउनुभयो ।

    याे उपसमितिले पालिका चुनावकाे अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको केन्द्रीय सदस्य पाैडेलले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसले एक सय ४१ ठाउँमा प्रमुख, एक सय ८८ ठाउँमा अध्यक्ष, एक सय १० ठाउँमा उपप्रमुख र एक सय ९० ठाउँमा उपाध्यक्ष जितेको जानकारी दिनुभयो । त्यसैगरी दुई हजार ६ सय ६५ वडाध्यक्ष, दुई हजार ६ सय ६ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुला सदस्य जितेको पनि उहाँले बताउनुभयो ।   

    पार्टीभित्र फरक–फरक धारणा रहेकाले पालिका चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको उहाँकाे भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend