प्रतितोला १ लाख ५० हजार पुग्यो सुनको मूल्य

images
  • 150
    SHARES
  • श्रावण २१, २०८१ सोमबार
    प्रतितोला १ लाख ५० हजार पुग्यो सुनको मूल्य
    images

    काठमाडौँ, साउन २१

    नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज (सोमबार) सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुगेर नयाँ रेकर्ड बनाएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको छ ।

    हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको पनि आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend