तनहुँमा डेङ्गी सङ्क्रमणबाट एक जनाको ज्यान गयो

images
  • 190
    SHARES
  • श्रावण २२, २०८१ मंगलबार
    तनहुँमा डेङ्गी सङ्क्रमणबाट एक जनाको ज्यान गयो
    images

    काठमाण्डौ 

    डेङ्गी सङ्क्रमणबाट एक जना पुरुषको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको ज्यान गएको हो ।

    यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । ज्यान गएको घटना भने यो पहिलो हो । मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिनुभयो । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ ।

    मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी काठमाण्डौमा २ सय ८७ जना डेङ्गीका बिरामी छन् । निरन्तरको झरीले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend