काठमाण्डौ
निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।
खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ । विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन् ।
खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए । अहिले पनि उडान अवतरण प्रभावित नै छ ।



