बङ्गलादेशमा हिजो भएको हिंसात्मक झडपमा एक सय जनाको ज्यान गएको अनुमान

images
  • 230
    SHARES
  • श्रावण २२, २०८१ मंगलबार
    बङ्गलादेशमा हिजो भएको हिंसात्मक झडपमा एक सय जनाको ज्यान गएको अनुमान
    images

    बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिजोको दिन गएको जुनमा प्रदर्शन शुरू भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् ।

    तर प्रहरीले सोमवार ज्यान मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन । सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

    यसैबीच जबीर इन्टरनेशनल होटलमा भएको आगजनीमा कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण पश्चिम बङ्गलादेशको जेसोर शहरमा रहेको यो होटल अवामी लिगका नेता शाहिन चकलदारको स्वामित्वमा छ ।

    बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका नेताको होटल भएकै कारण प्रदर्शनकारीहरूले आगो लगाइदिएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend