एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि

images
  • 375
    SHARES
  • श्रावण २३, २०८१ बुधबार
    एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि
    images

    काठमाडौँ 

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा बुधबारदेखि हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदैछन् । परीक्षा बिहान ११ बजेदेखि सुरू भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।

    बुधबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ ।

    विज्ञानमा एक लाख २६ हजार रहेका छन् । यसअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइई परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

    परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा सहभागी हुन फारम भरेका छन् एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो ।

    यसअघि अधिकतम दुईवटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो । परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । एजेन्सी

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend