अनेरास्ववियुकाे प्रदर्शन,त्रिविमा नेविसङ्घले लगाएकाे ताला खाेल्न माग गर्दै

images
  • 61
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    अनेरास्ववियुकाे प्रदर्शन,त्रिविमा नेविसङ्घले लगाएकाे ताला खाेल्न माग गर्दै
    images

    काठमाण्डाै –

    त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोल्नुपर्ने माग गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

    pics_1_U6LWQ6Dfub.jpg

    नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले त्रिविमा पाँच महिनादेखि लगाएको ताला खोल्नुपर्ने माग गर्दै अनेरास्ववियुले आज बिहीवार त्रिविमा प्रदर्शन गरेको हो । उनीहरूले बन्द सधैँका लागि बन्द गरौँ‚ तालाबन्दी सधैँका लागि बन्द गरौँ, गुन्डागर्दी अन्त्य गर लगायतका नारा लेखिएका ब्यानर र प्ले कार्ड बोकेका थिए ।

    हिजो बुधवार अनेरास्ववियुले विज्ञप्ति निकालेर प्रशासनले ताला नखोले आफूहरूले तोड्ने चेतावनी दिएको थियो । उनीहरूले गृहमन्त्रीकै संरक्षणमा विश्वविद्यालयलाई बन्धक बनाउने काम भएको भन्दै चर्को आलोचना गरेका छन् । 

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend