एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन

images
  • 164
    SHARES
  • श्रावण २३, २०८१ बुधबार
    एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन
    images

    काठमाण्डाै 

    एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाकाे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हाे ।

    नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएकाे  छानबिन समितिकाे सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।

    आज दिउँसाे नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend