देशका धेरै ठाउँको मौसम बदली

images
  • 134
    SHARES
  • श्रावण २४, २०८१ बिहीबार
    देशका धेरै ठाउँको मौसम बदली
    images

    काठमाण्डौ 

    देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज पनि विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    तर हिजो र अस्ति जस्तो लगातार ठूलो वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेकाले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा आज दिउँसो हल्का पानी पर्नेछ भने रातको समयमा एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

    यसैबीच आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँको मौसम साधारणतया बदली छ । यस्तो अवस्था अझै तीन–चार दिनसम्म कायमै रहने मौसमविद्ले बताएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend