२ जनाको ज्यान गयाे,चट्याङ लागेर सप्तरीमा

images
  • 259
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    २ जनाको ज्यान गयाे,चट्याङ लागेर सप्तरीमा
    images

    सप्तरी –

    सप्तरीमा चट्याङ लागेर आज बिहीवार दिउँसाे दुई जनाको ज्यान गको छ । ज्यान गुमाउनेमा बोदे बरसाइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका प्रहरीले जनाएकाे छ । 

    lightning_Sm94xEBDCv.jpg

    घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर उनीहरूको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाकाे चट्याङ परेर घटनास्थलमै ज्यान गएकाे हाे । 

    ज्यान गुमाउनेहरूकाे शव अहिले पोस्टमार्टमका लागि राजविराजकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend