रामजानकी बालिका आश्रमको आयव्यय सार्वजनिक

images
  • 156
    SHARES
  • श्रावण २७, २०८१ आइतबार
    रामजानकी बालिका आश्रमको आयव्यय सार्वजनिक
    images

    देवघाट

    रामजानकी बालिका आश्रमले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेको छ । आश्रमले शनिबार १४औँ वार्षिक साधारण सभामार्फत वर्षभरिको आयव्यय सार्वजनिक गरेको हो ।

    454742128_1267129724660802_1559563702065116940_n.jpg

    सार्वजनिक विवरणअनुसार आश्रमले गत वर्ष एक करोड दुई लाख ८७ हजार ८५१ रूपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये ९१ लाख ८४ हजार १६९ रूपैयाँ खर्च भएपछि ११ लाख तीन हजार ६८२ रूपैयाँ बचत भएको आश्रमकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिइन् ।

    454714650_1267113881329053_7719795214049376806_n.jpg

    आम्दानीको विवरण

    आश्रमले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी ‘बालिका आश्रमको आम्दानी’ शीर्षकमा आम्दानी गरेको छ । उक्त शीर्षकमा मात्रै ३६ लाख ७९ हजार ५६७ रूपैयाँ आम्दानी गरेको छ । भवन निर्माणका लागि सरकारी क्षेत्रबाट ३० लाख ४४ हजार ७२३, भरतपुर महानगरपालिकाबाट १० लाख ४० हजार, रत्ननगर नगरपालिकाबाट चार लाख ९२ हजार ५०० रूपैयाँ आम्दानी गरेको छ ।

    अक्षयकोषबाट चार लाख २९ हजार ३७५, लोककल्याण सेवा प्रतिष्ठानबाट तीन लाख तीन हजार ३५९, शिक्षा पठनपाठनतर्फबाट तीन लाख ३९ हजार २९६, आजीवन सदस्यबाट दुई लाख ७७ हजार ७७५, १०८ महायज्ञको वर्ष २०७८, २०७९ र २०८० बाट दुई लाख ७४ हजार ३४७, बैंकबाट आएको व्याज दुई लाख ३२ हजार ३४६, स्वास्थ्यतर्फ सहयोगबापतको आम्दानी ११ हजार १० र वार्षिक सदस्यता नवीकरणबाट दुई हजार ८२८ गरी कुल एक करोड दुई लाख ८७ हजार ८५१ रूपैयाँ आम्दानी भएको अध्यक्ष टण्डनले बताइन् ।

    खर्च विवरण

    कुल आम्दानीमा आश्रमले ९१ लाख ८४ हजार १६९ रूपैयाँ खर्च गरेको छ । बालिका आश्रमको नियमित खर्चमा ३७ लाख ६२ हजार १८५, लोककल्याण सेवा प्रतिष्ठान कोषका लागि दुई लाख १३ हजार ६००, १०८ अनुष्ठान २०७८, २०७९ र २०८० का लागि ४४ हजार ६२१, सामाजिक विकास मन्त्रालयतर्फको भवन निर्माणमा २५ लाख ५० हजार रूपैयाँ खर्च भएको छ ।

    यस्तै, भवन निर्माणकै अर्को शीर्षकमा २३ लाख ३९ हजार २३०, सवारी मर्मतमा ८८ हजार ३६५, सवारी बिमा तथा करखर्चतर्फ एक लाख २२ हजार ११६, लेखा परीक्षणतर्फ २८ हजार २५०, ज्योति विकास बैंकमा व्याजको करकट्टी २५० र ३४ हजार ८२५, राष्ट्रिय वाणिज्य बैंकमा भवन निर्माणका लागि व्याजको करकट्टी पाँच सय र १०८ अनुष्ठानका लागि सोही बैंकको करकट्टी दुई सय रूपैयाँ गरी ९१ लाख ८४ हजार १६९ रूपैयाँ खर्च भएको आश्रमले जनाएको छ ।

    संस्थाले विशेषगरी समस्यामा परेका बालिकाहरुको संरक्षण गर्दै आइरहेको छ । कतिपय अभिभावकविहीन अवस्थाका बालिकाहरु आश्रय लिएर शैक्षिक भविष्य कोरिरहेका छन् । संस्था स्थापना भएयता हालसम्म ४७ जना बालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ ।

    हाल ३७ जना बालिकाहरु सोही आश्रममा बसेर आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । आश्रममा बसेका बालिकाहरु हाल नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गरिरहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend