आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

images
  • 112
    SHARES
  • श्रावण २७, २०८१ आइतबार
    आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend