स्नातक प्रथम वर्षमा पढ्नेलाई रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने

images
  • 129
    SHARES
  • श्रावण २७, २०८१ आइतबार
    स्नातक प्रथम वर्षमा पढ्नेलाई  रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने
    images

    गुल्मी,

    गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ । सदरमुकाम  तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो ।

    क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख खिलराज पन्थीले जानकारी दिनुभयो ।

    क्याम्पसमा अहिले सात सय ७९ जना विद्यार्थी छन् । रेसुङ्गा नगरपालिकाले क्याम्पसमा यसअघि दुई चरणमा गरी एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ । तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै सङ्कटकाल घोषणा गरेर केही उपप्रध्यापकलाई हटाएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend