सही ढङ्गले पार्टी चलाउन नसकेकाले प्रचण्डले नेतृत्व छाड्नुपर्छ: उपमहासचिव जनार्दन शर्मा

images
  • 158
    SHARES
  • श्रावण २७, २०८१ आइतबार
    सही ढङ्गले पार्टी चलाउन नसकेकाले प्रचण्डले नेतृत्व छाड्नुपर्छ: उपमहासचिव जनार्दन शर्मा
    images

    काठमाडौँ, साउन २७-

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।

    माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाएका हुन् ।

    शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गरेका छन् ।

    अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ । उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएको भन्दै विभिन्न सुझाव दिनुभएको छ ।

    Janardan sharma proposal about party

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend