अमेरिकी दूतावासका उपप्रमुख खुमलटारमा,माओवादी अध्यक्ष दाहाललाई भेट्न

images
  • 71
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    अमेरिकी दूतावासका उपप्रमुख खुमलटारमा,माओवादी अध्यक्ष दाहाललाई भेट्न
    images

    काठमाडौँ —

    अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । उनीहरूबीच बिहीबार बिहान भेटवार्ता भएको दाहालका स्वकीय सचिव रमेश मल्लले कान्तिपुरलाई जानकारी दिए । 

     

    ‘उहाँ (मिकलर) अध्यक्ष कमरेड (दाहाल) लाई भेट्न आउनुभएको थियो । उहाँहरूबीच दुई मुलुकबीचको द्वीपक्षीय हितका विषयमा कुराकानी भयो,’ मल्लले भने ।

     

    अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणमा काठमाडौंमा उत्रिनुअघि सत्ता गठबन्धनको एक मुख्य हिस्सेदार माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न उपप्रमुख मिकलर खुमलटार पुगेका थिए । अहिले नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend