ट्रकमा च्यापिएर चालकको घटनास्थलमा नै मृत्यु

images
  • 212
    SHARES
  • श्रावण २९, २०८१ मंगलबार
    ट्रकमा च्यापिएर चालकको घटनास्थलमा नै मृत्यु
    images

    सप्तरी, साउन २९-

    सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताउनुभयो । शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend