शेख हसिनाविरुद्ध बंगलादेशमा मुद्दा दर्ता

images
  • 224
    SHARES
  • श्रावण २९, २०८१ मंगलबार
    शेख हसिनाविरुद्ध बंगलादेशमा मुद्दा दर्ता
    images

    ढाका, साउन २९-

    बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो ।

    मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर भएको यो पहिलो मुद्दा हो । बंगलादेशी मिडियाका अनुसार जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दायर गरेका हुन् ।
    हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमां खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि मुछिएको छ । यी बाहेक केही उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend