टेलिकमको प्रिपेड नम्बरमा अब स्वतः अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने

images
  • 252
    SHARES
  • श्रावण ३१, २०८१ बिहीबार
    टेलिकमको प्रिपेड नम्बरमा अब स्वतः अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने
    images

    काठमाण्डाै 

    नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अब अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने भएको छ । यसअघि प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गर्नुपर्ने हुन्थ्यो । अब प्रिपेड मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा शुरू हुन थालेको कम्पनीले जनाएको छ ।

    ग्राहकले *1415*7# डायल गरेर उपलब्ध मेनुबाट उपयुक्त विकल्प चयन गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको निश्चित गर्न सक्छन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा शुरू भएपछि नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

    टेलिकमका अनुसार भारतबाहेकका अरू देशहरूमा पनि यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा यो सेवा प्रयोग गर्न नेपालमै रहँदा *1415*7# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत रोमिङ सेवा एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ । यदि ग्राहकले नेपालमै रहँदा रोमिङ सेवा एक्टिभेट नगरी विदेश गएमा, विदेशबाटै यो सेवा एक्टिभेट गर्न ग्राहकले roaming.support@ntc.net.np मा ईमेल गरेर अनुरोध गर्न सक्नेछन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend