भीरबाट लडेर जाजरकोटमा १४ वर्षीया मनिषाको मृत्यु

images
  • 162
    SHARES
  • श्रावण ३१, २०८१ बिहीबार
    भीरबाट लडेर जाजरकोटमा १४ वर्षीया मनिषाको मृत्यु
    images

    काँक्रेविहार (सुर्खेत), साउन ३१

    जाजरकोटको छेडागाड नगरपालिका-१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

    बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend