टेलिकमको रिचार्ज र प्याकेज र सोधपुछ सेवा ४ घण्टा बन्द हुँदै

images
  • 144
    SHARES
  • श्रावण ३२, २०८१ शुक्रबार
    टेलिकमको रिचार्ज र प्याकेज र सोधपुछ सेवा ४ घण्टा बन्द हुँदै
    images

    काठमाडौँ, साउन ३२

    नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा ४ घण्टा बन्द हुँदै छ ।

    टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नतिको काम गर्न लागेकाले आज राति ११ बजेदेखि झण्डै ४ घण्टा सेवा प्रभावित हुने भएको हो । टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नतिको काम नियमित भएको जनाएको छ ।

    यसबारे थप जानकारीका लागि १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend