कङ्गोमा ४० श्रमिकको मृत्यु,हिरा खानीमा पुरिँदा

images
  • 85
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    कङ्गोमा ४० श्रमिकको मृत्यु,हिरा खानीमा पुरिँदा
    images

    एजेन्सी ।

    कङ्गोको मध्य क्षेत्रमा हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    congo-hospital_20220609191314.jpg

     

    मङ्गलबार गएको पहिरोमा पुरिएर ४० भन्दा बढीको मृत्यु भएको कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले बिहीबार सञ्चार माध्यमलाई जानकारी दिए ।

    उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको उनले जानकारी दिए ।

    पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend