चितवन, साउन ३२
रोट्रयाक्ट क्लब अफ नारायणगढको १३औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। सन् २०२४–२५ का अध्यक्ष कुशल लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रीक्ट रोटेरियन रिसोर्स (डि.आर.आर.) विक्रम क्षेत्री प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डि.आर.आर. इलेक्ट दिनेश गैरे, रोटरी क्लब अफ नारायणगढका अध्यक्ष तरणनाथ पाठक, रोट्रयाक्ट क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष मनोज पिया, रोट्रयाक्ट जोन १४ का जोन रोट्रयाक्ट रिसोर्स (जेडआरआर) सूर्य भण्डारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले क्लबको समाज र युवालक्षित अतुलनीय कार्यहरूको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिनको शुभकामना व्यक्त गरे।



