सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो

images
  • 283
    SHARES
  • भाद्र २, २०८१ आइतबार
    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो
    images

    काठमाडौँ

    नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा नै सुनको मूल्य लगातार उकालो लागिरहँदा नेपालमा पनि आईतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार गएको हप्ताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

    यस्तै आज चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ पुगेको छ । यअसघि शुक्रबार प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज एकैदिन ५० रुपैयाँले बढेको हो ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend