काठमाडौं
सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान गुरुङलाई सम्मान गरिएको छ । गुरुङलाई तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको दोस्रो गुरुङ भाषा प्रशारण दिवसको अवसर पारेर सम्मान गरिएको हो ।
संघले गत वर्षदेखि यो दिवस मनाउन थालेको हो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानित गुरुङलाई फेटा गुथाउँदै सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका संरक्षण परिषदका अध्यक्ष रेशम गुरुङ, वरिष्ठ उपाध्यक्ष आरबी गुरुङ, फोनिजका अध्यक्ष गजुरधन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



