निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण : गृहमन्त्री रमेश लेखक

images
  • 269
    SHARES
  • भाद्र ३, २०८१ सोमबार
    निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण : गृहमन्त्री  रमेश लेखक
    images

    ३ भदौ, काठमाडौं

    गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् ।

    सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

    ‘समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्‍यो। मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो।

    राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो। त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो’ उनले भने ।शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको उनले बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend