बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला

images
  • 155
    SHARES
  • भाद्र ४, २०८१ मंगलबार
    बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला
    images

    चितवन 

    चितवनको कालिका नगरपालिका–७ स्याउली बजारस्थित बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् ।

    आज दिउँसो साढे १ बजेको समयमा कालिका–७ बस्ने उत्तम अर्यालको ६ वर्षीय छोरा हरिराम अर्याललाई हातखुट्टा धोइरहेको अवस्थामा खोलाले बगाएको थियो ।

    दिउँसो साढे ३ बजेको समयमा घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मुलिजुली चोक स्थित कुलोमा बालक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend