नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी अवरुद्ध

images
  • 344
    SHARES
  • भाद्र ५, २०८१ बुधबार
    नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी अवरुद्ध
    images

    काठमाण्डाै 

    काठमाण्डाै भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ । नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

    अहिले पनि पहिरोमा ढुङ्गा खस्ने क्रम चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमराज थपलियाले बताउनुभयो । पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend