गृहमन्त्री रमेश लेखक:आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो

images
  • 279
    SHARES
  • भाद्र ६, २०८१ बिहीबार
    गृहमन्त्री रमेश लेखक:आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो
    images

    जनकपुरधाम, भदौ ६

    गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व ,दिगो विकास,सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिनुभएको छ।

    आज जनकपुर विमानस्थलमा पत्रकारहरूसँग आज बिहान भएको सङ्क्षिप्त कुराकानीमा उहाँले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताउनुभयो ।

    नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ ।” रासस 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend