बाढीका कारण कैलालीको जनजीवन प्रभावित

images
  • 180
    SHARES
  • भाद्र ६, २०८१ बिहीबार
    बाढीका कारण कैलालीको जनजीवन प्रभावित
    images

    कैलाली –

    निरन्तरको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका धेरै क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित  भएका छन् । हिजोदेखिको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।

    पूर्णरूपमा डुबानमा परेकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीयवासी खेमराज पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ८ धेरै प्रभावित भएको छ । यो वडाका स्थानीयवासीलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ ।

    घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ । यस वडाको लालभोझी क्षेत्रमा सयौं परिवार विस्थापित भएका नगरप्रमुख केवल चौधरीले बताउनुभयो । वडा नम्बर ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend