बस र माइक्रो ठोक्किँदा धादिङमा आठजना घाइते

images
  • 185
    SHARES
  • भाद्र ११, २०८१ मंगलबार
    बस र माइक्रो ठोक्किँदा धादिङमा आठजना घाइते
    images

    धादिङ,भदौ ११

    कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।

    धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३१९८ नम्बरको बस र वाग्मती प्रदेश ००१ ज ०५२९ नम्बरको ईभी भ्यान मंगलबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

    दुर्घटनामा परी घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend