प्रकाश तामाङलाई व्यवसाय गर्न सहयोग गर्ने कोशी सरकारको घोषणा

images
  • 151
    SHARES
  • भाद्र १२, २०८१ बुधबार
    प्रकाश तामाङलाई व्यवसाय गर्न सहयोग गर्ने कोशी सरकारको घोषणा
    images

    विराटनगर,भदौ १२-

    ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने कार्कीले बताए ।

    संघीय सरकारबाट नागरिकताको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उनलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए । ‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो’, मुख्यमन्त्री कार्कीले भने, ‘त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्नसक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौं ।

    ’पत्रकार विद्या चापागाईंले गोर्खाको चुमभ्यालीमा भेटेपछि प्रकाशलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएकी थिइन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend