नेपाली छात्रालाई गोली हान्ने पुरूष पक्राउ

images
  • 157
    SHARES
  • भाद्र १३, २०८१ बिहीबार
    नेपाली छात्रालाई गोली हान्ने पुरूष पक्राउ
    images

    काठमाडौं, भदौ १३

    अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् ।

    अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो ।

    बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेकव हो । पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन ।
    स्थानीय समय अनुसार शनिबार राति ९ः४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend