अहमदाबाद, भारत, भदौ १३
भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ।
स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ। विपत्का कारण उर्जा तथा बिद्युत सेवा प्रभावित हुँदा करीब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ।
विपद् अधिकारीहरूले सार्वजनिक गरेकोे तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका कागि प्रयास गरिरहेको देखाइएको छ। विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन्। रासस



