काठमाण्डौ
ब्लड डोनर्स एशोसियसन नेपालले उज्यालो रेडियो नेटवर्कलाई सम्मान गरेको छ । एशोसिएसनले आफ्नो २७ औं केन्द्रीय साधरणसभा तथा ११ औं केन्द्रीय अधिवेशनको अवसरमा उज्यालो रेडियो नेटवर्कलाई सम्मान गरेको हो ।
आफ्ना गतिविधि र कार्यक्रमहरुको प्रचारप्रसार गरी रगत उपलब्धताका लागि सहयोग गरेको कारण उज्यालो रेडियो नेटवर्कसहितका सञ्चारमाध्ययमलाई सम्मान गरेको एशोसियसनले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले कम्यूनिकेशन कर्नरका निर्देशक मण्टेश्वरी राजभण्डारीलाई प्रदान गर्नुभएको हो ।



