जुवातास खेलिरहेको अवस्थामा कीर्तिपुरमा १२ जना पक्राउ

images
  • 84
    SHARES
  • जेठ २७, २०७९ शुक्रबार
    जुवातास खेलिरहेको अवस्थामा कीर्तिपुरमा १२ जना पक्राउ
    images

    काठमाडौं 

    कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    iiiiiiiiii.jpg

     

    उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

     

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend