आज दिउँसोपछि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

images
  • 130
    SHARES
  • भाद्र १८, २०८१ मंगलबार
    आज दिउँसोपछि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
    images

    काठमाण्डौ 

    आज दिउँसोपछि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित कतिपय ठाउँमा घाम लागेको भए पनि दिउँसो मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    देशभर मनसुनी वायुको प्रभाव छ । यसैकारण कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज बेलुका कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend