फेसबुकले किन डिलिट गर्‍यो मेयर बालेनको स्टाटस ?

images
  • 154
    SHARES
  • भाद्र १८, २०८१ मंगलबार
    फेसबुकले किन डिलिट गर्‍यो मेयर बालेनको स्टाटस ?
    images

    काठमाडौं, भदौ १८

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्टाटस हटाइएको छ ।

    एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए। बालेन निकट स्रोतका अनुसार उक्त फोटो सहितको स्टाटस फेसबुकले नै डिलिट गरिदिएको हो ।

    मेयर बालेनले उक्त स्टाटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। एक्समा भने उक्त स्टाटस हटाइएको छैन। सांसद शर्माको घरबाट महानगरले एक जना नाबालिका घरेलु बालश्रमिकको उद्धार गरेको थियो। सांसद शर्माले बालिकालाई २०७५ वैशाखमा काठमाडौं ल्याएकी थिइन्।

    कक्षा दुईदेखि सातसम्म उनकै घरम बसेर पढेकी बालिकालाई कुटपिट गरेको उजुरीपछि महानगरले उद्धार गरेको बताउँदै आएको छ। बालिका अहिले महानगरकै संरक्षण छिन्।

    डिलिट भएको स्टाटस यस्तो थियोः

    balen-status-2.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend