झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए

images
  • 161
    SHARES
  • भाद्र १८, २०८१ मंगलबार
    झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए
    images

    काठमाडौ,भदौ १८-

    अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका छन्।

    कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए।

    सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend