हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घट्यो

images
  • 160
    SHARES
  • भाद्र १९, २०८१ बुधबार
    हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घट्यो
    images

    काठमाण्डाै 

    हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा झरेको छ ।

    यसअघि गएको आइतवार नेप्से २७ सय विन्दुबाट तल झरेको थियो । आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend