एमाले पार्टी के हो भन्ने कुरा आगामी उपचुनावमा देखाइदिन्छौंः प्रधानमन्त्री ओली

images
  • 240
    SHARES
  • भाद्र १९, २०८१ बुधबार
    एमाले पार्टी के हो भन्ने कुरा आगामी उपचुनावमा देखाइदिन्छौंः प्रधानमन्त्री ओली
    images

    काठमाडौं, भदौ १९

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी के हो भन्ने कुरा आगामी मंसिरको उपचुनावमा देखाउने बताएका छन् ।

    पार्टीको पोलिटब्युरो बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले जग र जरा भएको पार्टी भएको बताएका हुन् । ‘एमाले नीतिगत रूपमा स्पष्ट छ, लिएका नीति सही छन् ।

    जग र जरा भएको पार्टी हो । इतिहासको विरासत बोकेर सशक्त उभिएका छौं,’ ओलीले भने, एमाले कस्तो पार्टी हो भनेर आगामी उपचुनावमा देखाइदिन्छौं । यस्तै, उनले समाजमा अराजकता फैल्याउने कोशिश भइरहेको बताए । नयाँ सरकारले जनतामा आशा जगाउने काम शुरू गरेलगत्तै अराजकता मच्चाउने प्रयास भइरहेको उनको भनाइ छ ।

    विधिको शासन र आफूहरू नागरिक सर्वोच्चताको पक्षमा रहे पनि अराजकतालाई स्वीकार नगर्ने उनको भनाइ थियो । बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना’बारे ५१ जना सदस्यले धारणा राखेका थिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend