केही दिन ठूला सवारी नचल्ने मुग्लिन-आँबुखैरेनी सडकमा

images
  • 162
    SHARES
  • जेठ २७, २०७९ शुक्रबार
    केही दिन ठूला सवारी नचल्ने मुग्लिन-आँबुखैरेनी सडकमा
    images
     
    पहिरो काटेर सवारी सञ्चालन गर्ने प्रयास
    सम्झना रसाइली

    तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारी चले पनि केही दिन ठूला सवारी नचल्ने भएको छ । सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी भने चल्ने अवस्था नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।

    mmmmmmmm.jpg

    तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडस्थित भासिएको सडकखण्ड । तस्बिर : सम्झना/कान्तिपुर

    यस खण्डको करिब २० मिटर सडक तल खसेको गैरेले बताए । उनले भने, ‘करिब २० मिटर सडक भासिएको छ । वरपरका ४० मिटर क्षेत्र जोखिममा छ ।’

     
    ‘सडक भासिएपछि २ फिट परसम्म पहिरो काटेर साना सवारी चल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘ठूला सवारी चलाउने अवस्था छैन; त्यसका लागि पहिरो काटेर बाटो निर्माण गर्न लागेका छौं । केही दिनका लागि उक्त सडकखण्डमा ठूला सवारी साधन चलाउन नसकिने अवस्था छ ।’

    आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend