नेपाली कांग्रेसका महासमिति सदस्य मिया द्वारा विद्यालयलाई पंखा प्रदान

images
  • 136
    SHARES
  • भाद्र २२, २०८१ शनिबार
    नेपाली कांग्रेसका महासमिति सदस्य मिया द्वारा विद्यालयलाई पंखा प्रदान
    images

    २२ भदौ, तनहुँ ।

    नेपाली कांग्रेसका महासमिति सदस्य महमद जबरदिन मिया (मुन्ना) ले व्यास नगरपालिका-९ स्याकुन्थोक स्थित लक्ष्मी आधारभूत विद्यालयलाई पंखा प्रदान गरेका छन् । महासमिति सदस्य मियाले शनिबार विद्यालयमै पुगेर पाँच थान पंखा हस्तान्तरण गरेका हुन् । बिद्यालयमा पंखा नहुँदा बालबालिकाको पढाइमा समस्या हुने गरेको गुनासो आएपछि आफुले पंखा सहयोग गरेको मियाले बताए ।435bdc9a-b1b1-4900-8ea6-a81c3bcff0c9.jpeg

    विद्यालयमा पाँच वटा कोठामा पंखा नहुँदा बालबालिकालाई पढ्न समस्या भएको गुनासो समितिका सदस्यबाट आएको थियो । त्यसपछि विद्यालयलाई पंखा सहयोग हरेको हुँ । अझैपनि विद्यालयमा केही आवश्यक सामाग्रीको अभाव भएमा सहयोग गर्न आफु तयार रहेको उनले बताए । गर्मीको समयमा टिन तात्ने समस्याले बालबालिकाको पढाईमा समेत ध्यान नहुँदा विद्यालयले दाताको खोजी गरेको थियो । त्यसपछि मियाले सहयोग गरेका हुन् । विद्यालयमा हाल ७१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक राजेन्द्र आचार्यले बताए ।2f4ef3ff-32a0-444a-a4d1-8dafd46aabc4.jpeg

    विद्यालयमा अध्ययनरत ७१ मध्ये चेपाङ विद्यार्थी मात्रै २१ जना रहेका छन्, उनले भने । जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रबक्ता एबम कांग्रेस जिल्ला सदस्य गल गुरुङले अति सिमान्तकृत बालबालिका पनि विद्यालयमै अध्ययन गर्दै आइरहेकोले उनिहरुलाई नियमित गराउन पंखाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । गर्मीको समयमा पठनपाठनमा समस्या हुँदा विद्यार्थी अनुपस्थित हुन सक्छन् पंखा भएपछि नियमित हुन सहयोग पुग्नेछ, उनले भने । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्ध सिं गुरुङले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।अभिभावक संघका अध्यक्ष रघु बहादुर केसी, सदस्य बाबुराम खनाल, प्रधानाध्यापक राजेन्द्र आचार्य, शिक्षक स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend