देवघाट युवा जागरण समाज नेपालद्वारा आयोजित महिला फुटवल कार्यक्रमको सार्वजानिक सुनुवाई

images
  • 244
    SHARES
  • भाद्र २२, २०८१ शनिबार
    देवघाट युवा जागरण समाज नेपालद्वारा आयोजित महिला फुटवल कार्यक्रमको सार्वजानिक सुनुवाई
    images

     देवघाट तनहुँ,

    तनहुँको देवघाट गाउँपालिका भित्र रहेको देवघाट युवा जागरण समाज नेपालद्वारा भदौ १० देखी १९ गतेसम्म आयोजित प्रथम सेन्ट्रल कलेज नकआउट महिला फुटबल प्रतियोगिता कार्यक्रमको सार्वजानिक सुनुवाई गरेको छ।458730146_497110809622205_350551041071470290_n.jpg

    प्रतियोगितामा कुल खर्च २ लाख ९० हजार १० रुपैयाँ खर्च भएको छ,भने आम्दानी तर्फ प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टरले प्रथम पुरस्कार ५५ हजार ५५५ रुपैयाँ उपलब्ध गराएको छ,अन्य सहयोग विभिन्न संघ संस्था तथा व्यक्तिगत तर्फबाट गरि २ लाख २१ हजार १९२ रुपैयाँ संकलन भएको प्रतियोगिताका संयोजक सन्दिप ढकालले बताएका थिए।458773146_497111059622180_1711076366683214807_n.jpg

    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाटको अधुरो रहेका खेलकुद मैदानलाई पुरा गराउने बताएका थिए । साथै अध्यक्ष थापाले खेलकुद बिकासको लागी सवै संग समन्वय गरि आफ्नोतर्फबाट र गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए।

    458753649_497111052955514_3871052357864307819_n.jpg

    सो कार्यक्रम देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,देवघाट युवा तथा खेलकुद समिति अध्यक्ष अमर फेवाली,देवघाट युवा तथा खेलकुद समिति पुर्व अध्यक्ष सुकु गुरुङ,देवघाट महिला सञ्जालका उपाध्यक्ष माया शर्मा,देवघाट युवा तथा खेलकुद समिति पुर्व सदस्य बलबहादुर क्षेत्री,देवघाट युवा तथा खेलकुद समिति ५ नम्बर वडा अध्यक्ष खेमबहादुर रानामगर लगाएतले आफ्नो भनाइ राखेका थिए।458956969_497114242955195_7642959032511210185_n.jpg

    सो कार्यक्रम देवघाट युवा जागरण समाजका अध्यक्ष अन्जन सुनारको अध्यक्षतामा भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend