एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हरायाे

images
  • 180
    SHARES
  • भाद्र २३, २०८१ आइतबार
    एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हरायाे
    images

    काठमाण्डाै – 

    एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएकाे छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिस क्लबले बाग्मती युथलाई १–० गोलले हराएको छ । पुलिसका लागि निर्मला उपाध्यायले गोल गरिन् ।

    यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । बाग्मती युग ३ खेलमा ३ अङ्कसहित पाँचौं स्थानमा छ ।

    एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend