गिद्धकाे सङ्ख्या झन्डै २२ प्रतिशतले बढ्याे

images
  • 192
    SHARES
  • भाद्र २३, २०८१ आइतबार
    गिद्धकाे सङ्ख्या झन्डै २२ प्रतिशतले बढ्याे
    images

    कास्की –

    गएको वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धकाे सङ्ख्या झन्डै २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या झन्डै २२ प्रतिशतले बढेको पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।

    अघिल्लो वर्ष तीन सय ८७ वटा गिद्ध अद्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उहाँले जानकारी दिनुभयो । अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाइएको उहाँले बताउनुभयो ।

    गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–सङ्कटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ ।

    सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend