कांग्रेसले दियो पारा ओलम्पिक पदक जित्ने खेलाडी पलेशालाई ५ लाख सहित सम्मान

images
  • 166
    SHARES
  • भाद्र २३, २०८१ आइतबार
    कांग्रेसले दियो पारा ओलम्पिक पदक जित्ने खेलाडी पलेशालाई ५ लाख सहित सम्मान
    images

    काठमाडौं। 

    नेपाली कांग्रेसले पारा ओलम्पिकमा पदक जित्ने खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

    केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पेरिसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई कांग्रेस सभापति शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामालाई कांग्रेसले १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।नेपालले ओलम्पिक खेलकुदमा पहिलोपटक पदक जितेको हो ।​

    पलेशालाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend