खोलाको बाढीले बगाउँदा दुई जनाको ज्यान गयो

images
  • 101
    SHARES
  • भाद्र २४, २०८१ सोमबार
    खोलाको बाढीले बगाउँदा दुई जनाको ज्यान गयो
    images

    काठमाण्डौ 

    रुकुम पश्चिमको मुसिकोटमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ ।

    मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा अन्दाजी २० वर्षीया निर्मला केसी थापा र अन्दाजी ५० वर्षीय सर्जन पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोख्रेलले दिनुभएको जानकारीअनुसार हिजो बेलुकी मोटरसाइकल चढेर खोला तर्दै गर्दा उनीहरूलाई बगाएको हो । उनीहरूको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend